सानिमा जनरल इन्सुरेन्सको आइपीओमा आवेदन दिने म्याद आजसम्म

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौ । सानिमा जनरल इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । आज बैंकिङ समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ ।

यस आइपओमा यसअघि नै माग भन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार गत शुक्रबार साँझ ५ बजेसम्ममा यसमा ७ लाख ४४ हजार ४९१ जनाले १ करोड ६२ लाख ३६ हजार ५५० कित्ताका लागि आवेदन परिसकेको छ ।

यस कम्पनीले बुधबार (असोज २१ गते) बाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस