गीतकार सुरेन्द्र महर्जन (अमर)को ‘दर्पण’ एल्बम सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । नेपाली गीत संगीत क्षेत्रमा कोरोना महामारी चल्दै गर्दा पनि गीत संगीतप्रति सकृय रहँदै यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ कोसेली भर्खरै थपिएको छ । चर्चित गायक/गायिकाहरूका स्वरमा सुसज्जित दर्शक एवं स्रोताहरूबाट धेरैभन्दा धेरै मन पराइएका सुपर हिट गीत समेत रहेको मेलिना राईको स्वरमा रहेको ”म भन्दा-३” अर्थात आँसु झारी पुच्छी दिने बोलको गीतका साथै सुरेन्द्र महर्जनको स्वरमा धेरै चाहेँ, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगालको स्वरमा तीजको गीत छमछमी नाच्ने, सारै राम्री बिज्ञान लामाको स्वरमा जे हुनु थियो भै गयो राम कार्कीको स्वरमा रहेको गीतहरू रहेको छ । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको छ ।

ओएसनेपालको तर्फबाट विबेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि नेपाल अफिसिएल मिडिया पाट्नर रहेको छ भने सह-मिडिया पाट्नर गोर्खा लाइभ डट कम रहेछ । कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्सप टि. भी नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, ए.बि. सि टेलिभिजनका पत्रकार कविराज बुढा, वरिष्ठ पत्रकार पाशङ्ग तामाङबाट आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ भने कार्यक्रम संचालन गोर्खा लाइभ डट कम का सम्पादक दिपक गुरुङले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस