भारतको एक स्पतालको आकस्मिक कक्षमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २ सय ३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष आईसीयूमा शुक्रबार आगलागी  भएको हो ।

जलेर पाँच जना कोरोनाका बिरामीको मृत्यु भएको छ  भने ६ जना भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन् । घटनापछि अस्पतालमा उपचाररत २२ बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । विद्युत चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ। तर प्रस्ट भइसकेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस