मंसिर १५, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरी नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरभित्र अत्याबश्यक अबस्थादेखि सामान्य प्रकृतिका स्वास्थ्यजन्य बिपद्बाट जोगाउन एम्बुलेन्स खरिद गरिएको नगरपालिका प्रमुख घनश्याम गिरीले बताएका छन् । खरिद गरिएको एम्बुलेन्स आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । टाटा कम्पनी भारतबाट आएका प्रतिनिधिले नगरप्रमुख घनश्याम गिरीलाई साँचो हस्तान्तरण गरेका छन् ।
नेपालको भौगोलिक अबस्था, बाटोको अबस्था हेरेर भूगोल सुहाउँदो मजबुतिका साथ निर्माण गरिएको एम्बुलेन्स नेपालमै यो पहिलो हो । कार्यक्रममा नगरपालिका उपप्रमुख लिशा नकर्मी, नगर प्रबक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकिय अधिकृत र अन्य कर्मचारीको पनि उपस्थित रहेको थियो ।
काठमाडौं जिल्ला भित्रको सबभन्दा ठुलो नगरपालिका चन्द्रागिरी हो । नेपाल सरकारको निर्णय बमोजिम २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो । नगरले एम्बुलेन्स खरिद गरेपछि अस्पतालसम्म जान सहज हुने स्थानियको खुसि छ ।