मंसिर २२, काठमाण्डौ । नेपाल र भारतका वाणिज्यसचिव नेतृत्वको अन्तरसरकारी समितिको बैठक सोमबार भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ । यही ११ मंसिरमा परराष्ट्रसचिवस्तरीय द्विपक्षीय वार्ता भएपछि दुई देशबीच वाणिज्यसचिवस्तरीय संयन्त्रको बैठक बसेको हो । बैठकमा व्यापार एवं वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा भएको भारतीय दूतावासले जनाएको छ । अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा यो संयन्त्रमा छलफल हुँदै आएको छ ।
बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत् समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त बिजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यतालगायतका विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।