सरकारले भ्रष्टचारीलाई संरक्षण गर्दैन : पिएम ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर २५, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले शून्य सहनशीलता अबलम्बन गरेको दाबी गरेका छन् । सरकारले अवलम्बन गरेका नीतिले नेपालमा विगत २ वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी भएको भन्दै उनले त्यसबाट भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको समेत बताए । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा बुधवार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ठूलो सानो मात्रा वा पदको जुनसुकै, जो सुकैले भ्रष्टाचार गरे पनि त्यो क्षम्य नहुने धारणा राखे ।

उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको जानकारी दिँदै उनले सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्न प्रतिबद्ध र क्रियाशील रहिआएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस