असोज २,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले नेपालमा घुसखोरी तथा भ्रष्टचारको अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परिरहेको बताएका छन ।
अमेरिकाको टेक्ससको ड्यालसमा आइतबार भएको नेकपा पार्टी निकट व्यक्तित्वहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पहारीले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्न तीनै तहका सरकारले नीति, नियम तथा कानुनहरु निर्माण गर्दै सहजताको बाटोमा अघि वढाउने कार्यहरु भइरहेको बताए ।
कार्यक्रममा उनले एनआरएनका सदस्यलाई तथा सरोकार राख्ने विभिन्न संघसंस्था, व्यक्तिलाई वर्तमान समयमा नै लगानी गरिहाल्नु नभन्ने बताउँदै नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएपश्चात लगानी गरी देशलाई समृद्धिको बाटोमा अघि वढाउन आग्रह गरे ।
वर्तमान समयमा नेपालमा कर्मचारिहरुले वास्तविक काममा भन्दा वढी घुसखोरी र भ्रष्टचार गर्ने गरेको दुःखद् रहेको बताउँदै त्यसलाई वर्तमान सरकारले निर्मूल पार्ने दावि गरे ।
कार्यक्रममा उनले नेकपा एनआरएन मैत्री तथा देश र जनताको पक्षको पार्टी भएको दावी गरे । जापानबाट गएका डा. सूर्य पाठकलाई सांसद तथा अमेरिकाबाट गएकालाई मेयर बनाएको घटनालाई स्मरण गराउँदै डा. पाठककै पहलमा एनआरएनलाई नागरिकताको संसदमा संशोधनको प्रस्ताव दर्ता गराएको जानकारी गराए ।
वर्तमान समयमा क्षमतावान तथा दक्ष व्यक्तिहरु प्रदेश तथा संघको नेतृत्वमा रहेको तर स्थानीय तहमा भने केहीमात्रामा कमजोर नेतृत्व रहेको तर अधिकार भने जवरजस्ती थुपारिएकोले समस्या उत्पन्न भएको बताए ।
कतिपय राजनैतिक विरासत थाम्नकै लागि भए पनि संघियता तथा वर्तमान सरकार असफल बनाउन दिनरात लागि परेको बताए । त्यस्तै उनले त्यस्ता विकास, संघियता विरोधी तथा घृणित कार्य गर्नेलाई एनआरएन तथा नेपाली जनताले विफल बनाएको दावि गरे ।
नेपाललाई धार्मिक, सांस्कृतिक, पर्यटकिय तथा वातावरणीय विकास गर्नु नै नेपालको आर्थिक उन्नतीको आधार रहेको बताउँदै सांसद पहारीले पोखराको फेवाताल संरक्षण गर्नु अहिलेको तीनै तहको सरकार लागि पर्नुपर्ने बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको गरिमा वढाउनु सफल भएको फेवाताल भित्र विभिन्न प्रकारका जलकुम्भी, बालुवा, माटो जस्ता कुराहरु वगेर आएकाले क्षेत्रफल घट्दै गएको त्यसमा पनि ताल आसपासमा अतिक्रमण गरी घर तथा व्यापार व्यवसाय गर्ने उद्देश्यकले गरिएको नियोजित कार्य भइरहेकोले त्यसलाई अन्त्य गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
नियोजित रुपमा अतिक्रमण गरेको अदालतले प्रमाणीत गरी सक्दा पनि पुनः उक्त व्यक्ति अदालतमा गएका कारण उक्त तालको क्षेत्रफल विस्तारमा केही ढिलाई भएको जानकारी गराए ।