राप्रपाले पुस १७ गते प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना हुनुपर्ने बताए । पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको उनले बताए । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस