अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ । फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो । अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ ।

अमेरिकाले मोर्डनाको २० करोड खोप खरिदका लागि सम्झौता गरेको छ । जसमध्ये ६० लाख खोप आपूर्तिको लागि तयारी अवस्थामा राखिएको छ । एडभाइजरी प्यानलमा भएको मतदानमा २०–० ले मोर्डनालाई अनुमति प्रदान गर्न मत खसेको थियो । १८ वर्ष र सोभन्दा माथिको उमेरका ब्यक्तिमा मोर्डनाको खोप लगाउँदा ९४ प्रतिशत प्रभाबकारि र सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको कारणले अमेरिकामा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । अमेरिकामा तीन लाख १३ हजार ५०० जनाको मृत्यु भएको छ । एक करोड ७५ लाख ब्यक्ति सङ्क्रमित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस