पुस १४, काठमाण्डौ । बेलायतमा हाल जारी कडा प्रतिबन्धका बावजुद पनि कोरोना संक्रमणको दर उच्चतम विन्दुमा पुगेको छ । सोमबार दिउँसो सार्वजनिक तथ्याँकअनुसार गएको २४ घन्टामामात्र ४१ हजार ३८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो ।
बेलायत यतिबेला कोरोना संक्रमणको दोस्रो लहरका साथै भाइरसको नयाँ संस्करणको चपेटामा परेको छ । बेलायतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २९ हजार ७३० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३५७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७१ हजार १०९ पुगेको छ ।