पुस २६, काठमाण्डौ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ । लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४,० गोलअन्तरको फराकिलो जित निकालेको हो । १८ खेलबाट ३७ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ ।
त्यस्तै समान खेलबाट ३४ अंक जोड्दै गएरातिको खेलबाट तेस्रो स्थानमा रहेको बार्सिलोनाले अंकदुरी घटाएको छ । त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले १५ खेलबाट ३८ अंक जोडेको छ ।