प्रधानमन्त्री कप क्रिकेट लुम्बिनी प्रदेशको बागमती प्रदेशसँग बराबरी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ११, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ ११, काठमाडौ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ । मूलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर २२० रन बनाएपछि खेल बराबरी भएको हो ।
भोलि पुलिसले प्रदेश २ सँग खेल्दैछ । उक्त खेलमा पुलिसले जित निकालेको खण्डमा ऊ सेमिफाइनलमा जानेछ । प्रहरीले हार बेहोरेको खण्डमा लुम्बिनी समूह बी को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ । यो समूहका प्रदेश २ र सुदूरपश्चिम प्रदेश यसअघि नै बाहिरिसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस