१० लाख उपाधीका लागी प्रधानमन्त्री कपमा आर्मी र एपिएफ भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुँदै छ ।

दुवै विभागीय टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने छ । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस