[अपडेट] : भारतमा १२ हजार ५१६ जना संक्रमित थपिए, १ सय २९ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस