आईपीएलमा नेपालका आठ जना क्रिकेटर खेलाडी सूचीकृत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ २४, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले इन्डियन प्रिमियर लिग आईपीएलको आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।

आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जस बमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् । भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपीएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।

क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिएका छन् । आठै जना खेलाडी सूचीकृत भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस