फागुन ३, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्ट ब्रोमले बराबरी खेलेका छन् । वेस्ट ब्रोमको मैदानमा भएको खेल १।१ गोलको बराबरीमा सकिएको हो ।
बराबरीपछि युनाइटेड ४६ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । तर, युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा ७ अंकले पछाडि छ । १३ अंक जोडेको साथ वेस्ट ब्रोम १९औं स्थानमा रहेको छ ।