स्पेनिस ला लिगामा बिल्वाओको चार गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुण ४, काठमाण्डौ । एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ । बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस