धादिङमा क्रिकेट खेलको चहलपल बढ्दो : जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ फागुन ६, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण ६, काठमाण्डौ । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता फागुन ७ देखि १० सम्म बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ ।

मंगलबार धादिङमा एक पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगितामा १० टोली छन् । प्रतियोगिता सेमिफाइनल फागुन ९ र फाइनल १० गते हुने छ । प्रतियोगितामा बेनिघाट, विशालटार, मलेखु, गजुरी, नौबिसे, त्रिपुरा सुन्दरी, सन्कोस, गणेश हिमाल, निकण्ठ र बैरेनी क्रिकेट टोली रहेका छन् । प्रतियोगिता नकआउटको आधारमा हुने छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५(५ हजार प्राप्त गर्नेछन् । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न यस प्रतियोगिता गर्न थालिएको प्रतियोगिता संयोजक दीपेश कँडेलले बताए । प्रतियोगिताका संयोजक दीपेश कँडेलले यस प्रतियोगिताले धादिङको क्रिकेट विकाशमा ठूलो टेवा पुग्ने बताएका छन् । धादिङ नेपालको राजधानी काठमाडौंबाट भौगलिक दुरीले निकै नजिक भएपनि क्रिकेट विकाशमा भने धेरै पछि छ । पछिल्लो समय भने धादिङ क्रिकेटको चहलपल बढ्न थालेको छ ।

गत वैशाखमा स्थानिय खेलप्रेमीको सक्रियता र पहिलामा बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको थियो । राजधानीबाट निकै नजिक रहेको धादिङको क्रिकेट विकासको लागि दीपेश कंडेल सहित युवा खेलप्रेमि पछिल्लो समय सक्रिय रुपमा खटिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस