महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाण्डौ । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ । शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम रहनेछ ।

लकडाउनका बेला पनि अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछन् । महाराष्ट्रमा मात्रै हिजो ५७ हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका थिए । भारतभर पछिल्लो २४ घण्टामा एक लाख बढी सङ्क्रमित थपिएका छन्। त्यस्तै हिजो ९३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस