जेठ १, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशोररकिशोरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गरेका छन् । उनले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गरे । अमेरिकाले गएको हप्ता १२ देखी १५ वर्षका किशोर किशोरीलाई खोप दिने घोषणा गरेको थियो ।