जेठ ९, काठमाडौ । भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेको कर्फ्यू लम्ब्याएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएको हो ।
उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ । कर्फ्यूको अवधि बढाइए पनि यसपटक कुनै नयाँ प्रतिबन्धहरू थपिएको छैन ।