जेठ २०, काठमाण्डौ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्रीको रूपमा अगाडि सारेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको पक्षमा हस्ताक्षर नगरेको आरोपमा राष्ट्रिय जनमोर्चाले आफ्ना १ सांसदलाई निष्कासन गरेको छ । प्रदेश सभामा जनमोर्चा संसदीय दलका नेता समेत रहेका कृष्ण थापालाई जनमोर्चाले सांसदबाट हटाएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार उनलाई कारवाहीका लागि जनमोर्चाले बिहीवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो । बिहीवार बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पत्र पढेर सुनाएसँगै थापाको सांसद पद गुमेको छ । २०७४ सालको निर्वाचनमा थापा प्रत्यक्ष निर्वाचित भएका थिए । थापा तटस्थ बस्दा गण्डकीमा एमालेका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको सरकार जोगिएको थियो ।