जेठ २१, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएका नेता कृष्ण थापाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनले आफूलाई पार्टीले असंवैधानिक तरिकाले हटाएको भन्दै पद पुनर्स्थापनाको माग राखेर रिट दायर गरेका हुन् ।