एमाले नेता माधवकुमार नेपाल दोधारमा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाण्डौ । एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् । नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ ।
एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका हुन् । नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस