खनाल– नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २२,काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने एक नेताले जानकारी दिए ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस