भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २५, मंगलबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौ । भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । ३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागीमा अझै केही बेपत्ता छन् । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस