असार २, काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी अदालतको सहयोगी माग गरेको थियो । सोही मागअनुसार सर्वोच्च अदालत बारले दुई जनाको नाम सिफारिस गरेको हो ।