असार ११, काठमाण्डौ । चीनको एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ बालबालिकाहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ ।
मृत्यु हुनेहरुमा खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।