साउन २०, काठमाण्डौ । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो ।
आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका हुन् । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको सुरक्षा बलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।