भाद्र २०, काठमाडौ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग २-१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरे ।
नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् ।
६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाए । सुनिल क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरे ।