मंसिर १७, काठमाडौं । सर्वोच्च अदालतले ‘स्वतन्त्र मधेस’को नाममा राष्ट्र विखन्डनको अभियोगमा पक्राउ परेका सीके राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले सोमबार रिट खारेज गर्ने निर्णय गरेको हो ।
सीके राउतको रिहाइ माग गर्दै गत कात्तिक १२ गते जयकान्त राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए ।
गत असोज २१ गते पक्राउ परेका राउतको बन्दीप्रत्यक्षीकरणको रिट जिल्ला अदालत रौतहटले पनि खारेज गरेको थियो ।