सय माथिका भारु फेरि चलाउने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो ।

राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भारु भारतले सटही गरिदिने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

एक साताअघि आरबीआईले जवाफ पठाएको छ । जवाफमा प्रतिव्यक्ति २५ हजारसम्म २ सय र ५ सय दरका भारु नेपाल लैजान पाउने अनुमति दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस