शेयर बजारमा आईतबार ६ अङ्कले वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ३,काठमाडौँ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बीमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बीमा ४५.८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको रु दुई करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको रु एक करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६.८३, सिन्धु विकास बैंकका शेयरधनीले ६.४५ प्रतिशतले कमाएका छन् ।

यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६.७४, घलेम्दी हाइड्रो पावर ४.९०, ङादी समूह ४.६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४.३६ प्रतिशतले गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस