बैशाख २,काठमाडौँ । सरकारले आईतबार एक समारोहका बीच शुभारम्भ गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्न जनता बैंक नेपाल लिमिटेडले निम्न विशेषता भएको ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।
जस अनुसार बैँकले विशेष योजना समेत ल्याएको छ । बैकले शुन्य मौज्दातमा खाता खोल्न सकिने , खाता खोल्दा सय रुपैँया बैंकको तर्फबाट जम्मा गरिदिने, ६.५ % वार्षिक व्याजदर, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख सम्मको ABBS सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने लगायतका विशेषता रहेको छ ।
बैँकले देश भरी छरिएर रहेका बैंकको १२८ ओटै शाखाबाट यस प्रकारको खाता खोल्न सकिने जनाएको छ ।