युनाईटेड सिमेन्टले पायो अन्तराष्ट्रिय गुणस्तर मापदण्ड प्रमाणपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । के.एल. दुगड ग्रुप अन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले International Certification Services Pvt. Ltd. (ICS) बाट ISO 9001:2015 (Quality Management System) तथा ISO 14001:2015 (Environmental Management System) को प्रमाणपत्र प्राप्त गरेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योग लाई प्रदान गरिएको हो ।

बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने उत्पादन स्थ ल नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

उच्च गुणस्तरको सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आफ्नो गुणस्तरको कारण जन–मानसमा लोकप्रिय बनेको छ । आफ्नो गुणस्तरलाई सधैं उत्तम तथा विश्वस्तरीय कायम गर्ने प्रतिबद्धता उद्योगले जनाएको छ । ग्राहकहरुमा समर्पित भई समय समयमा विभिन्न उत्साहबद्र्धक योजना बजारमा कार्यान्वयन गर्दै आएको उद्योगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस