कोरिया रोजगारीः रेमिट्यान्सभन्दा खर्च बढी, हेर्नुस् तथ्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । पछिल्ला चार वर्षमा कोरिया जान युवाले २६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन्। तर, उताबाट जम्मा २६ अर्ब ८८ करोड मात्र रेमिट्यान्स नेपाल भित्रिएको छ।

रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन्।

काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन्।

यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठाउँछन् । यस्तै, भाषा कक्षाका लागि सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत–जावत गर्न उनीहरूलाई कम्तीमा एक वर्षमा ८० हजार रुपैयाँ लाग्छ।

यसरी सहर बसाइ, यातायात र भाषा कक्षाबापत उनीहरूले कम्तीमा एक लाख खर्च गर्नुपर्छ। यसपालिको हिसाब गर्दा पनि ९२ हजार युवाका लागि एक लाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ।

तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियाको रोजगारी पाउनेछन् । ८० हजार युवा निराश हुनुपर्नेछ। तर, उनीहरूका लागि खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रूपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ।

यस्ता आयोजनाले युवालाई रोजगारी मात्र होइन, लगानीकर्तालाई वार्षिक रूपमा उन्नत आम्दानी हुन सक्छ । तर, यो विषयमा सोच्ने कसले?

पछिल्ला चार वर्षमा कोरिया जान युवाले खर्च गरे २६ अर्ब ९५ करोड, उताबाट आयो २६ अर्ब ८८ करोड रेमिट्यान्स।

सन् २००९ र २०१२ मा परीक्षा भएन तर अघिल्लो वर्ष पास भएका युवा गए
पछिल्लो चार वर्षको रेमिट्यान्स
०७१–७२ः १ अर्ब ७५ करोड ६५ लाख
०७२–७३ः दुई अर्ब ९१ करोड ६२ लाख
०७३–७४ः पाँच अर्ब ३३ करोड ७६ लाख
०७४–७५ः १६ अर्ब ८७ करोड ९० लाख

ताजा अपडेट

खोजी गर्नुहोस