विदेशी च्यानलले लान्छन्, वार्षिक ७० करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एच बिओ, एबिओ र युटिभी ग्लोबलजस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तथ्याङमा उल्लेख गरिएको छ ।

हरेक वर्ष नेपालमा प्रशारण हुने विदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई बुझाएको रकमसहितको सम्झौतापत्र र नवीकरणपत्रका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस