विदेशी मुद्राको भाउ बढ्यो, आज कुन देशको दररेट कती ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । बिहीबार बुधबारको तुलनामा विदेशी मुद्राको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको थियो ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३९ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको थियो ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६७ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसानै थियो ।

कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०५ पैसा थियो।

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९२ रुपैयाँ ९७ पैसा छ । हिजो खरिददर २९० रुपैयाँ ९५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५४ पैसा रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस