भाद्र २२, काठमाडौं । नेपालबाट १० वर्षभित्र १५ हजार मेगावाट किन्ने योजना बनाएको छिमेकी राष्ट्र भारतले यसका लागि पहलकदमी अघि बढाएको छ।
छिमेकी राष्ट्र नेपाल र भुटानबाट भारतमा बिजुली ल्याउने योजना बनाएको भारत सरकारले यसका लागि पहल थालेको हो।
बिहीबार नेपालसहित बंगलादेश, भुटान र भारत अर्थात् बीबीआईएन देशसँग विद्युत व्यापारका लागि गरेको छलफलमा भारतीय अधिकारीहरुले स्पष्ट रुपमा भारतले छिमेकी राष्ट्रहरुबाट बिजुली किन्न चाहेको बताउँदै यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए।