भाद्र २४, काठमाडौं । लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन हुँदैछ ।
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले औपचारिक रुपमा मंगलबार (आज) १२ बजेर १५ मिनेटमा रिमोटबाट ‘स्वीच अन’ गरेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगदरबारबाट पाइपलाइनको स्वीच अन गरेपछि मोतिहारीबाट तेल पठाउने र बाराको अमलेखगन्जमा तेल झर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगन्ज डिपो तथा भारतीय आयल निगमको मोतिहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने कार्यक्रम समेत छ ।