असोज १, काठमाडौं । नेपाल- चीन अन्तरदेशीय प्रसारण लाइन पाँच हजार मेगावाट बराबरको विद्युत् आदान प्रदान गर्ने गरी निर्माण हुने भएको छ।
सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तथा दुई वर्षअघि प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समेत अघि बढाउने सहमति भएको अन्तदेशीय प्रसारण लाइनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गेम चेन्जर परियोजनाको रुपमासमेत घोषणा गरेको छ।
नेपालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा सय आयोजनालाई सरकार- सरकार (जीटूजी) मा निर्माणका लागि प्रस्ताव गरिने गरी मन्त्रालयले छलफल अघि बढाएको छ।