राजस्व अधिकार समान पुँजी संकलन असमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । समान राजस्व अधिकार भएपनि पुँजी संकलन भने स्थानीय तहबीच असमान देखिएको छ ।

काठमाडौं महानगर र मनाङको ङिस्याङ र हुम्लाको नाम्खा गाउँपालिकाको राजस्व अधिकार समान तर पुँजी संकलन भने दुई स्थानीय तहबीच तुलना गर्न सकिदैन ।

नेपालको संविधान, २०७२ र संघीय कानुनमा स्थानीय तहको राजस्व अधिकार समान व्यवस्था छ ।

राजस्व अधिकार समान भएपनि राजस्वको आधार बढी भएका ठाउँमा धेरै पुँजी संकलन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम बताउँछन् ।

‘यसले स्रोतमा असन्तुलन हुने देखियो, कतै पैसै पैसा, कतै नहुने भयो,’ उनले भने, ‘यसैले अन्तरसरकारी वित्त व्यवस्थापन चाहिन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस