असोज १, काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ।
तल्ला तहका सिपाहीसहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
अब प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप हुने छ।
यसअघि प्रतिमहिना एक हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन्।
सो रकम नेपाली रुपैयाँ एक लाख २७ हजार बराबर हुन आउँछ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता १४ असोजदेखि लागू हुने जानकारी दिए।
तल्ला तहका सिपाहीसहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेको छ।