असोज ५, काठमाडौं । टेलिकमले दसैं अगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ।
कम्पनीले आगामी माघसम्म देशभरका मुख्य २२ सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नरहने गरी कभरेज पुर्याउँदैछ।टेलिकमको फोरजी एलटीई परियोजना १८ अर्ब रुपैयाँ लागतको हो।