आश्विन ५,काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको आईतबार बसेको सञ्चालक समितिको २९१ औं बैठकले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकम रु. १,३१,०८,४७,६०३ (अक्षेरुपी एक अर्ब एकतिस करोड आठ लाख सत्चालिस हजार छ सय तिन रुपैया मात्र) रहेको बताएको छ ।
जसमा सो मध्येबाट गत असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८,००,०७,८५,९२५ को १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ (अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया र चौरानब्बे पैसा मात्र) लाभाँश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित १२ प्रतिशतमध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गरिनेछ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टा गर्ने निर्णय गरेको छ ।
बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।