बजारमा आउँदै १३ अर्बका नयाँ नोट, यसरी चलेको थियो दसैँमा नयाँ नोट साट्ने चलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैँकले १३ अर्ब रुपैयाँबराबको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ।

यसपटक राष्ट्र बैँकले पहिले नै छापिएका सुकिला नोटसमेत वितरण गर्न लागेको छ।

हरेक वर्ष नयाँ नोट वितरण गरिने तर त्यसको सर्वसाधारणबाट हिफाजत नहुने गरेकाले राष्ट्र बैँकले यस्तो नीति अख्तियार गरेको हो।

यसरी चल्यो नयाँ नोटको चलन

नेपाल राष्ट्र बैँकका प्रथम गभर्नर हिमालयशम्शेर जबराका अनुसार नेपाल राष्ट बैँकको स्थापना ०१३ सालमा भयो। त्यतिबेलासम्म मुलुकमा भारतीय मुद्राको दबदबा थियो।

त्यसो हुँदा मुलुकमा नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैँकले ०१५ /०१६ सालबाट दसैँमै नयाँ नोट निष्कासन गर्न थाल्यो।

दसैँमा नयाँ लुगा लगाउने, नयाँ सामान जोड्ने संस्कृति छँदैछ।

त्यस्तै संस्कृतिलाई जोडेर दक्षिणाका रुपमा नयाँ नोट दिने चलन चलाइयो।

यसले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो सहयोग गरेको थियो। किनभने गाउँ-गाउँमा नयाँ नोट पुग्ने माध्यम यही हुन्थ्यो।

ताजा अपडेट

खोजी गर्नुहोस