असोज ६, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको भाउ स्थिर भएको छ । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, सोमवार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
सोमवार चाँदीको मूल्य भने बढेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ । आइतवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।