एनआईसी एशिया बैंकका खातावालालाई बीमा रकम भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ९, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

आश्विन ९,काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालालाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ ।

जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालाकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम चार लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरिएको छ ।

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाण्डौको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार पाँच सय १९ रुपैयाँ, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञानबहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८ हजार ७ सय ५० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

करिब १८ लाख ग्राहकको साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस