पौष २९, काठमाण्डौ । सुन–चाँदीको भाउ मंगलबार घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँ आएको छ । सोमबार छापावाला सुनको भाउ ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।