माघ ७, काठमाण्डौ । मंगलबार सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० ले बढेको छ । साथै, चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेको महासंघको भनाइ छ । हिजो छापावाला सुनको मुल्य प्रतितोला ७५ हजार रुपैयाँ थियो ।
आज बढेर ७५ हजार ३०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य मुल्य ७५ हजार कायम गरिएको छ । महासंघकाअनुसार चाँदीको मुल्य प्रतितोला रू ८९५ रहेको छ । हिजो चाँदीको मुल्य रू ८९० रहेको थियो ।